English  
   
 
ललितपुर जिल्ला स्तरिय सहकारी बीमा सम्बन्धी अन्तक्रिर्या को टिपोट

मिति ०६४ जेठ २५ गते, शुक्रबार (June 8, 2007)
स्थान ‌: ललितपुर बार एसोसियशनको सभा कक्ष, लगनखेल
समय : अपरान्ह ३ बजे

विषय : सहकारी बीमा सम्बन्धी सहकारीकर्मीहरुको अन्तक्रिर्या ।

आयोजक : सहकारी सेवा सुरक्षण कोष लि. -कोसेलि)
नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोर्साईटी लि.
नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघ लि.
जिल्ला सहकारी संघ, ललितपुर

उद्घोषिका : श्रीमती ओम देवि मल्ल -जोशी)
सह-सचिव, कोसेलि

नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघ लि., जिल्ला सहकारी संघ, ललितपुर, नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोर्साईटी लि. र यस सहकारी सेवा सुरक्षण कोष लि.-कोसेलि) को संयूक्त आयोजनामा "ललितपुर जिल्ला स्तरिय सहकारी बीमा सम्बन्धी अन्तक्रिर्या " कार्यक्रम राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष श्री हरिबोल भट्टर्राईज्यूको प्रमुख आतिथ्य एंव सहकारी विभागको रजिष्ट्रार श्री टंक मणि शर्माज्यूको विषेश आतिथ्यमा कोसेलिका कार्यकारी अध्यक्षको सभापतित्वमा सहकारी संस्थाका पदाधिकारी, प्रतिनिधिहरु सहित जम्मा ६९ जना सहकारीकर्मीहरुको सहभागितामा ललितपुर बार एसोसियशनको सभा कक्ष, लगनखेल, ललितपुरमा अपरान्ह ३ बजे सुरुभै अपरान्हको ६:३० बजे सम्पन्न भयो ।

उद्घोषिकाबाट संपूर्ण सहभागी सहकारीकर्मीहरु लगायत सभापति, प्रमुख अतिथी, विषेश अतिथीहरुलाई आसन ग्रहण गर्न अनुरोध गदै कार्यक्रम शुरु भयो । सो अन्तक्रिर्या कार्यक्रम सात सहकारी सिध्दान्तहरुको प्रतिकस्वरुप (Symbol) ७ वटा -सप्तरंगी) मैनवत्ति बालेर प्रमुख अतिथीले विषेश अतिथीको सहयोगमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमको शुरुमा स्वागत मन्तब्य व्यक्त गदै जिल्ला सहकारी संघ, ललितपुरका अध्यक्ष श्री विजय राज घिमिरेज्यूले सहकारी बीमाबाट हामी सबै सुरक्षित हुन कोसेलिलाई सहयोग गर्ने बचन बध्दता जनाउनु भयो र आफ्नो संघको सदस्यहरुलाई पनी कोसेलिको सुरक्षा-कवच ग्रहण गरी ढुक्क हुन आग्रह गर्नु भयो ।

स्वागत मन्तव्य पछी निम्न व्यक्तीहरुले विशेष मन्तव्य राख्नु भएको थियो ।

१) श्री डिल्लीराम तिवारी, कानुनी सल्लाहकार - कोसेलि
बीमा सहकारी क्षेत्रमा पनि पुरानो हो भन्नुहुँदै सहकारी बीमाको संक्षिप्त इतिहास बताउनु भयो । खास गरि अपत्यका बाहिर यसको धेरै अभ्यास गरेको पाईन्छ भन्दै विषेश गरि पशुपालनमा पशु बीमा र नवलपरासीमा केराको बीमा धेरै सफल भएको हुँदा यो विषय नयाँ नभई पुरानो नै हो भन्नुभयो । कानुनीरुपमा सहकारी ऐन अनुसार र सहकारी सिद्घान्त अनुसार सदस्यको आर्थिक तथा सामाजिक उत्थान हुने काम गर्न पाइन्छ तर्सथ बीमा पनि सदस्यहरुको सुरक्षाको निम्ती भएकोले यो सेवा संचालन गर्न कानुनी रुपमानै पाइन्छ भन्नु भयो ।

२) श्री वीरेन्द्र मान श्रेष्ठ, कार्यकारी अध्यक्ष - कोसेलि
कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्व, सहकारीविद् सहकारीकर्मीलाई सहभागीताको लागि आभार व्यक्त गर्नु हुँदै नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोर्साईटी लि. लगायत अरु सह-आयोजक नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघ र जिल्ला सहकारी संघ लि. ललितपुरको संयूक्त सहयोगमा यो अन्तर्त्रिmया गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले कोसेलिको उत्पत्ति बारे संक्षिप्त जानकारी दिनु हुँदै यसको परिणाम पनि सफल हुने आत्मविश्वास लिनुभयो । उहाँले सवारी चालकको उदारहण दिनुहुँदै चालकले पहिलै Brake नलगाई Accelerator को मद्दतले गाडी उठाउँछ त्यसरीनै संस्था पनि शीपयुक्त व्यक्तीले चलाउनु पर्दछ । संस्था चलाउँनु भन्दा पहिले सरकारी निकायले विभिन्न बाधा अड्चन देखाई कारणहरुमा अल्मलिएर ब्रेक दिई नियन्त्रक बन्न खोजेमा कुनै पनि संस्था कहिल्यै पनि अघि बढ्न सक्दैन । त्यसलाई सहकारीको लचिलो ऐन र विनियम अनुसार चल्न दिनु पर्दछ ।
कोसेलि नमुनाको रुपमा सहकारी बीमाको हैसियतले सुरक्षण कार्य गर्ने गरी स्थापित भएको छ । १० महिना भित्र रु ७० लाखको चुक्ता पूँजी परिचालन गर्दै रु १५ लाखको झन्डै ४०० सुरक्षा-कवच जारी गरी सुरक्षण शुल्क संकलन गर्न सक्षम भएको छ । जस मध्ये १५ भन्दा कमको आठ वटा मात्र दावी रकम फर्र्छौट गरि सकेको तथ्याङ्क पनि सामु राख्नु भयो ।
कोसेलिले १९ वटा सहकारी संस्थागत सदस्य बनाई, व्यक्तिगत ६७ गरी जम्मा ८६ सदस्यहरुको संगठन विस्तार गरी शेयरमा लगानी, साहसिक पूँजी लगानी, व्यवस्थापन करार, तालिम र परामर्श कार्य समेत गर्ने उद्देश्यले सहकारी बीमा बजारलाई समेत सदस्य केन्द्रिय गरी बजार सामाजिकरण गरेको कुरामा थप स्पष्ट गर्नु भयो ।

३) श्रीमती रोहिनी जोशी, अध्यक्ष, जिल्ला वचत तथा ऋण संघ, ललितपूर
बीमाको आवश्यकताबारे बोल्नुहुँदै यो सहकारी बीमालाई प्रोत्साहन दिनुपर्छ भन्नुभयो । अरु नेपालमा भएको सहकारी संस्था भन्दा भिन्दै सोच राखेर, आफ्नो सदस्यहरुको सुरक्षणार्थ खोलेको सहकारी बीमालाई स्वागत गर्नुपर्छ । यस सहकारी बीमालाई निरन्तरता दिन कोसेलिको अध्यक्ष श्री वीरेन्द्र मान श्रेष्ठज्यूलाई मद्दत गर्न तयार छौ पनि भन्नु भयो ।

४) श्री के.वी.उप्रेती, प्रवन्ध संचालक, राष्ट्रिय सहकारी बैंक
नेपालमा बीमाको विकास निकै विस्तारै मात्र भएको छ । यसलाई कसरी अगाडि बढाउने भनेर निति निर्माण गरि तिब्ररुपले अगाडि बढाउनु पर्छ । बीमालाई अर्को शब्दमा सुरक्षण भनिएको त्यति प्रचलित नभएको पनि गुनासो व्यक्त गर्नु भयो । यसलाई राम्रो पूर्नबीमाको व्यवस्था गरि अगाडि बढाउनु पर्ने र सबैले सहयोग गरि सदस्यहरुको जोखिम न्यूनिकरण गर्न आवश्यक छ भन्नु भयो ।

५) श्री दिपक राज पौड्याल, अध्यक्ष, नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघ
बीमाको आवश्यकता बारे भन्नु हुँदै यसलाई कानुनी रुपमा कसरी जाने हो र राम्रो कानुन व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । आफ्नो उपभोक्ता सहकारी सदस्यहरु मार्फ सहकारी बीमालाई अघि बढाउन आफू तत्पर रहेको कुरा स्पष्ट पार्नु भयो ।

६) विषेश अतिथी श्री टंक मणि शर्मा, रजिष्ट्रार -सहकारी विभाग
सहकारीहरुको आफ्ना सिमाहरु हुने कुरा बताउनु हुँदै सहकारी कसरी भौगोलिक सिमा भित्र काम गर्नु पर्छ - र किन गर्नु पर्छ - भन्ने जस्ता कुराहरु स्पष्ट पार्नु भयो । सदस्यको हित र समाजको कल्याणको निम्ती काम गर्न कुनै नयाँ संस्थालाई स्पष्ट कानुन नियम नभए यसलाई परिवर्तन गर्नु पर्छ पनि भन्नु भयो । यो सहकारीको विषयलाई लिएर यसको Note Down मात्र हैन निति समेत मस्यौदा भई कार्यान्वयनको लागी पुरा तयारी भैसकेको जानकारी गराउनु भयो । सहकारी क्षेत्रमा कृषी, उपभोक्ता, बैंक, वित्तिय जस्ता विषयगत मध्ये सहकारी बीमाले धेरै महत्व राख्ने हुनाले यसलाई ब्यवस्थित तरीकाले पुर्नसुरक्षणको राम्रो प्रावधान हुनुपर्नेमा जोड दिनु भयो ।

७) प्रमुख अतिथी श्री हरिबोल भट्टर्राईज्यू, सह-अध्यक्ष - राष्ट्रिय सहकारी विकास वोर्ड
सहकारी बीमाको थालनीलाई सकारात्मकरुपले हेरेका छौं र यसलाई जानकारीमा मात्र नलिकन यसलाई बोर्डले के कस्तारुपमा कानुनको प्रावधान गर्नु पर्छ भनेर प्रक्रिया अघि बर्ढाई सकेको छ भन्नु भयो । सहकारीको माध्यमबाट गरिब र मध्यमवर्गका व्यक्तीहरुको आर्थिक विकास हुन सक्छ भन्नेमा आफु विश्वस्त रहेकोले यसको विकास विस्तारमा सदा तत्पर रहेको बताउनु भयो ।
यसरी आयोजक तथा अतिथीज्यूहरुले आ-आफ्नो मन्तब्य दिनुभएपछि छलफलकै क्रममा सहभागी सहकारी संस्थाहरुका आमंत्रित पदाधिकारीहरुले पनि निम्न मन्तब्य दिनु भयो :-

छलफल

१) श्री बलराम पाठक - अध्यक्ष, गतिशिल वचत तथा ऋण सहकारी संस्था, मंगलबजार
सहकारी क्षेत्रमा बीमा नयाँ भए पनि यसलाई कृषि विकास बैंकले पहिले नै संचालन गरी सकेको कुरा जनाउनु भयो । कोसेलिको उद्देश्य अरु सहकारी संस्था भन्दा भिन्न नभएको भन्दै, यसको कार्यक्षेत्र, सेवा, सुविधा बढाउनु पर्ने राय दिनु भयो । कोसेलिको उद्देश्य धेरै भएको भन्दै दर्ता भयो भन्दैमा बीमा गर्न नपाइने आफ्नो राय राख्नु भयो । यो अरु सहकारी भन्दा कसरी भिन्न भयो भनि प्रतिप्रश्न गर्दै कानुनी स्पष्टता हुनु पर्ने आफ्नो धारणा राख्नु भयो । उद्देश्य धेरै नराखी २/३ वटामा मात्र सिमित हुनु पर्ने बताउनु भयो ।

२) श्री विश्व बहादुर रघुबंसी, अध्यक्ष
सहकारी बीमा सहकारीमा नयाँ हो र यहाँ प्राय एकअर्कालाई खुट्टा तान्ने बानी भए तापनि यसलाई राष्ट्रिय स्तरमा लानु पाए राम्रो हुने बताउनु भयो । यसलाई व्यवस्थित रुपले लानु पर्छ भन्नेमा जोड दिनु भयो । साना साना अन्य सहकारी झै ठाउँ ठाउँमा नखोली संस्थागत रुपमा प्राविधीक क्षमता राख्नेहरुबाट मात्र पार्यप्त पँूजी सहित संचालन गर्नु उपयूक्त हुने बताउनु भयो ।

३) श्री शिव घिमिरे, राष्ट्रिय सहकारी विकास वोर्ड
तिन पटक सहकारी बीमाको अन्तक्रिर्यामा भाग लिईसकेको भन्दै, यो विषयमा अझ पनि एउटा गाँठो रहेको हुँदा यसलाई चाँडो फुकाउनु पर्छ भन्नु भयो । त्यस कारण बीमा तथा सहकारी बीमाका विशेषज्ञहरुले अन्तक्रिर्यामा सहकारी तथा सरकारी प्रतिनिधिहरुलाई कार्यपत्र प्रस्तुत गर्न लगाई अघि बढेमा अझ प्रभावकारी हुन्छ भन्नु भयो ।

४) श्री रविन्द्र प्रसाद नेमकूल - अध्यक्ष, सिद्घपिुर थसी बहुउद्देश्यीय सहकारी संस्था लि.
सहकारी बीमा खासै नौलो नभएको र यसमा जति पनि धेरै दोधार, भ्रम र जटिल्ता छ सो को समाधान गर्न सबै सहकारीको छाता संस्था, राष्ट्रिय सहकारी बैंकले सहकारी बीमाको शुरुवात गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

५) श्री नेमबीर शाक्य - अध्यक्ष, पद्मावती सहकारी संस्था लि.
कोसेलि र कोसेलिको कार्यकारी अध्यक्षज्यूलाई धन्यवाद तथा प्रशंशा गर्नु हुँदै सहकारीमा बीमा धेरैनै आवश्यक र यसको थालनी औपचारीकरुपले कोसेलिले संचालन गरेको हुँदा सहकारी क्षेत्रमानै बीमाको राम्रो देन हुने छ भन्नु भयो । बीमा धेरै जटिल र धेरै जोखिम धान्नु पर्ने र यसलाई पूँजीको पनि आवश्यक भएको हुँदा राष्ट्रिय सहकारी बैंक संग संलग्न भई काम गर्नु पर्ने उहाँले आफ्नो धारणा ब्यक्त गर्नु भयो । कोसेलिको हाल सम्मको उपलब्धी राम्रो संग जानकारीमा आए अझ बढी व्यवसायको लागी फाईदा हुने हुँदा आफू स्वयंसेवी हुन तयार रहेको बताउनु भयो ।

जवाफ तथा प्रष्टिकरण

१) श्री वीरेन्द्र मान श्रेष्ठ - कार्यकारी अध्यक्ष, कोसेलि
छलफलमा माथी उठेका प्रश्न, उत्सुकता र सुझवहरुलाई मध्यनजर गर्दै सभापति एंव कोेसेलिका कार्यकारी अध्यक्षज्यूद्वारा एकमुष्ट जवाफ, प्रष्टीकरण र राम्रो सुझ।वको लागी आभार प्रकट गर्नु भयो । जवाफ र स्पष्टताको क्रममा यो अन्तक्रिर्या तेस्रो भए ता पनी जिल्ला स्तरिय कार्य संचालन एंव कार्यान्वयनको पक्षमा भएको हुँदा यसमा उठ्ने समस्या बारे छलफल गर्न आयोजना गरिएको भन्नु भयो । कोसेलिले आफ्नो कार्यमा ७०५ सहकारी बीमा र बाँकी ३०५ लगानी, तालिम, परामर्श, साहसिक पूँजी लगाउने स्पष्ट गर्दै पुर्नसुरक्षणको लागी स्पष्ट कानुनी आधार नभए सम्म आफ्ना सहकारी सदस्य माझनै जोखिम बाड्ने छ भन्नु भयो । त्यसको लागि सदस्यहरु मध्ये पर्याप्त पुँजी भएको ३ वर्ष लगातार वचत भएको, साधारण सभा नियमित भई आधुनिक व्यवस्थापन भएका मध्ये छनौट गरिने थप जानकारी दिनु भयो ।

७) श्री राजेश हरि जोशी - उपाध्यक्ष, कोसेलि
अन्तक्रिर्या कार्यक्रमको समापन अघि कोसेलिको तर्फ बाट संपुर्ण सह-आयोजक, प्रमुख अतिथी, विशिष्ट अतिथी, सहभागी सहकारीकर्मीहरु लगायत छलफलमा भाग लिनुहुने सहकर्मी सहित झण्डै ३ तीन घण्टा धैर्यता साथ बसेर अन्तक्रिर्या सफल पार्न मद्दत गर्नुभएको कर्मचारी लगायत उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्नु भयो । सहकारी बीमा नयाँ क्षेत्र हुनुका साथै व्यावसायिक शीप र यथेष्ट श्रोत साधन चाहिने भएकोले अन्य सहकारी खोले झै यसलाई सजिलो किसिमले लिन नहुने पनी बताउनु भयो ।

अन्तमा, कार्यक्रमलाई निष्कर्श दिदै समष्टीगत्वाट हेर्दा सरकारी पक्षबाट सहकारी बीमालाई पनि एउटा थप नयाँ विषयगत क्षेत्रको रुपमा पहिचान भई यसको नीतिगत एंव -कानुनी तयारी भैरहेकोमा खुशी व्यक्त गर्दै सभापतिज्यूबाट अन्य सहकारी संस्थाहरुले पनी सहकारी बीमा अझ बढी विस्तार हुदै जान पर्ने मा एक मत भएको निचोड सहित सभा विर्सजन गर्नु भयो । तत्पश्चात सबैलाई जलपानको लागी आग्रह गर्दै थप अनौपचारिक कुराकानी हुने राय व्यक्त गर्नु भयो ।

................................................आ-आफ्नो क्षेत्रवाट कार्यको शुरुवात आजै गरौं

 
Home
Website Designed : Gapsco International