English  
   
 

(क) आफ्नो कार्यक्षेत्र भीत्र रहेको साना एवं मझैला खालका सहकारी सेवा एंव संपत्तिको सुरक्षण गर्ने संकल्पका साथ सदस्यहरुको आर्थिक सुरक्षण एंव लगानी सम्बन्धी जीवन, निर्जीवन, कृषि, पशुपालन तथा वित्तयि व्यवसायको सुरक्षण सम्बन्धी बिभिन्न प्रकारका योजना र साधनहरु समुचित शुल्क लिर्इ भवितव्यमा परि हुने प्राकृतिक वा कृत्रिम दुर्घटनाबाट हुन सक्ने आर्थिक हानी नोक्सानीबाट बचाउ गर्न क्षतिपूर्तिको लागि गरिने करार स्वरुप निम्न लिखित सुरक्षा (कवचलेख जारी गरी रक्षावरण गर्ने कार्यहरु गरिनेछ :

क्र.स.
सुरक्षणको प्रकार / सेवाहरु
सुरक्षणाङ रकम
(रु. लाखमा)
सुरक्षा लाभ
साधारणतया लाग्ने
शुल्क दर % मा
व्यक्तिगत दुर्घटना तथा सामुहिक दुर्घटना
०५-५०
(क) देखि (ग) सम्म
०.१ ५ देखि ०.२
व्यापक गार्हस्थ (भवन ,मालसामान, टिभी
५०
(१) देखि (४) सम्म
०.१ ५ देखि ०.१५
अग्नी तथा हुरी, आँधीवेरी, भुईचालो
५०
अग्नी चटयाङ्ग आदि
०.१ ५ देखि ०.८
अस्पताल स्वास्थ्य उपचार सुविधा
०१
अस्पतालमा बस्नुपरेमा
१.५ देखि‍ +%
मोटर : निजी व्यावसायिक
३०
(क) देखी (ङ) सम्म
२.२५ +% १.५ +%
मोटर सार्इकल सुरक्षा
०५
(क) देखी (ङ) सम्म
१.५ +%
कृषि तथा पशुपालन सुरक्षा
१०
जोखिम विश्लेषण
निक्ष्ोप तथा ऋण सुरक्षण सुविधा
१०
जोखिम विश्लेषण
०.५ ५ -१ ५
अन्य सम्पत्तहिरु
५०
जोखिम विश्लेषण
निदेशिका बमोजिम

ख) सुचिकृत एंव सुरक्षित धितोपत्र, शेयर, डिवेन्चर वा सहकारी वण्डमा लगानी गर्ने गराउने र सो को वातावरण सृजना गर्न प्रोत्साहित गर्ने ;

ग) कोषको घोषित उद्देश्य प्राप्तीको लागि विभिन्न प्रकारका नयाँ (नयाँ ऋजनात्मक (Innovative) साहसिक क्षेत्रका कार्यक्रम र आयोजनामा साहसिक पूँजी (Venture Capital) लगाई संचालन गर्ने, गराउने ;

घ) उत्पादनमूलक उपभोग्य वस्तुको साना तथा घरेलु उद्योग खोली सो बाट उत्पादित वस्तुको विक्रि वितरण वा त्यस्ता सदस्यहरुलाई प्रोत्साहित गर्ने एवं बजार संरक्षण स्वरुप बिक्रि भण्डार खोल्ने ;

ङ) आर्थिक सुरक्षण एवं लगानी सम्बन्धि शीप, तालिम, अभिलेख अनुसन्धान एवं व्यावसायिक परामर्श दिने सेवा केन्द्र स्थापना गर्ने, संचालन गर्ने र गराउन प्रोत्साहित गर्ने ;

च) नमुना सहकारी बस्ती बसाउन विशेष पहल गर्ने (जुन क्षेत्रमा अधिकांश सहकारी सदस्य रहनेछन्) ;छ) रूग्ण एवं कमजोर सहकारी संस्थाहरुलाई राय, सल्लाह, परामर्श दिई छोटो अवधिको लागी व्यवस्थापन करारमा लिई संचालन योग्य बनाई सहकारीकर्मीलाई नै हस्तान्तरण गर्ने ;

ज) नयाँ-नयाँ क्षेत्र पहिचान गरी नयाँ तरीका, विचार, सेवा र उत्पादनम (Innovative Methods, Ideas, Products, Services) लगानी गरी संचालन गर्ने, गराउने ;

झ) माथि उल्लेखित उद्देश्यहरु परिपूर्ती गर्न आवश्यक पर्ने अन्य सम्पूर्ण कार्यहरु गर्ने ।

 
Home
Website Designed : Gapsco International